रत्ननगरमा अशक्तलाई ह्विलचियर

March 13, 2023 1:07 pm

२९ फागुन, रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका भित्र बसोबास गर्ने चार जना अशक्त व्यक्तिहरुलाई राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.स्वर्णिम वाग्लेबाट प्राप्त ह्विलचियर आज वितरण गरिएको छ ।

अभियानकर्ता सुजन नेपाल क्षेत्रीले अशक्तहरुको घरघरमै पुगेर ह्विलचियन हस्तान्तरण गरेका हुन । वडा नं १ का राम गिरी,वडा नं ९ का विजय लामा र वडा नं ५ का जीवन महतो र सोही वडाकी बेडिया महतोलाई घरघरमै पुगेर ह्विलचियर हस्तान्तरण गरिएको क्षेत्रीले जानकारी दिए ।

ह्विलचियन वितरण कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ सहित शेरबहादुर परियार, शुशील खनाल, सुर्य लामा, सुरेशचन्द्र आचार्य, बुद्धिसेन थारु, डा.राम श्रेष्ठ, विशाल कार्की र सफल थापामगर लगायतको सहभागिता रहेको थियो ।