स्ववियु निर्वाचन : शहीद स्मृतिमा चार विद्यार्थी संगठनको अखिल संयुक्त प्यानल

March 12, 2023 2:57 pm

रत्ननगन २८ फागुन । रत्ननगर स्थित शहीद स्मृति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि चार विद्यार्थी संगठनले चुनावी सहकार्य गरेका छन् । बैशाखा ५ गते हुने स्वातन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ बाहेक अन्य चार वटा संगठनले चुवानी तालमेल गरी अखिल संयुक्तको प्यानल बनाएर चुनाव लड्ने घोषणा गरेका हुन ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु, नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन अनेरास्ववियु र राप्रपाको भातृ संगठन राप्रवि संघ बीच चुनावी सहकार्य भएको हो । उल्लेखित पार्टीका नगर स्तरीय नेताहरुको रोहबरमा विद्यार्थी संगठनले चुनावी तालमेल गर्ने सहमति गरेका हुन । चार विद्यार्थी संगठनले पद बाँडफाँड समेत गरेका छन् । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुलाई सभापति र सहसचिव सहित तीन सदस्य, नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल क्रान्तिकारी) लाई उपसभापति र सचिव सहित ३ सदस्य, नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन अनेरास्ववियुलाई कोषाध्यक्ष सहित ३ सदस्य र राप्रपाको भातृ संगठन राप्रवि संघ दुई वटा सदस्य दिने गरी पद बाँडफाँड गरिएको अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष तथा सभापति पदका उम्मेदवार राजेन्द्र सापकोटाले जानकारी दिए ।

अखिल सयुक्त प्यानल उम्मेदवारको समेत टुङ्गो लगाएर भोट माग्न समेत सुरु गरिसकेको सापकोटाले जानकारी दिए । सो क्याम्पसमा अखिल सयुक्त प्यानल र नेपाल विद्यार्थी संघ बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।