रत्ननगर ।
रत्ननगर नगरपालिका वडा नं १३ मा रहेको असहाय बृद्ध कल्याण समाजमा आश्रित बृद्धबृद्धाका लागि बुधबार खाद्यान्न सहयोग गरिएको छ । श्रीकृष्णप्रणामी बाइजुराज महिला समिति जिल्ला कार्यसमिति चितवनले ११३औं अन्तराष्ट्रिय नारी दिबसमा अबसर पारेर सो सहयोग गरेको हो । समितिले चामल,आलु,लाद,जुुस र विस्कुट सहयोग गरेको हो । समाजका कार्यालयमा आयोजित कार्यक्रममा समितिकी अध्यक्ष शोभा ओली शर्माले समाजकी अध्यक्ष उमा सापकोटालाई हस्तान्तरण गरेकी थिइन । सो अबसरमा समितिकी अध्यक्ष शर्माले सामाजिक विकृति विरुद्ध जनागरण,हिंसा न्यूनीकरणको लागि सचेतता मुलक कार्यक्रम गर्दै आएको संस्थाले मानबीय सेवा कार्यको लागि बृद्धबृद्धाहरुलाई सहयोग गरेको बताइन । वडा नं १३ का वडाध्यक्ष सुवास घिमिरे प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा नं २ का निर्वतमान वडाध्यक्ष तिकलराज शर्मा,समाजकी अध्यक्ष उमा सापकोटा लगायतले मन्तव्य राखेका थिए । समाजका उपाध्यक्ष गोकर्ण खनालले स्वागत मन्तव्य राखको कार्यक्रम समितिकी सदस्य सम्झना अधिकारीले सञ्चालन गरेकी थिइन । २०५९ सालमा स्थापना भएको असहाय बृद्ध कल्याण समाजमा १४ जना बृद्धबृद्धा आश्रित छन् ।