रत्ननगरका थारु समुदायलाई भोलि फागु पूर्णिमाको सार्वजनिक बिदा

March 6, 2023 1:50 pm

रत्ननगर, फागुन २२ । नेपाल सरकारले आज सोमबार फागु पूर्णिमाको अबसर पारेर सार्वजनिक विदा दिएको छ ।

स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिकाले भोली मंगलवार थारु समुदायको लागि सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । नगरपालिकाले सार्वजनिक सुचना जारी गरी थारु समुदायले भोली मंगलवार होली पर्व मनाउने भएकोले उक्त समुदायलाई मात्र सो दिन विदा दिने निर्णय गरिएको जनाएको छ ।

रत्ननगर थारु समुदायको बाहुल्य नगर भएकाले पर्व मनाउन सहज होस भनेर भोली एकदिन थारु समुदायलाई मात्र सार्वजनिक विदा दिइएको मेयर प्रल्हाद सापकोटाले जानकारी दिए । सामान्यतया होली पहाडी क्षेत्रमा आज सोमबार र तराईमा भोली मंगलबार मनाईने गरिन्छ ।