भरतपुरमा चितवन फुटवेयर एक्स्पो हुँदै

February 28, 2023 9:43 pm

१६ फाल्गुण, भरतपुर ।
चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा भरतपुरमा प्रथम चितवन फुटवेयर एक्स्पो २०७९ हुने भएको छ । १ महिना सम्म चल्ने मेला अन्तर्गत विशेष आकर्षक छुटमा १० भन्दा बढी ब्राण्डका हजार मोर्डलका जुत्ता उपलव्ध हुने आयोजकले जनाएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आम उपभोक्ताहरुलाई अवलोकन गराउने साथै स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गराउने प्रमुख लक्ष्यका साथ मेला आयोजना गरिएको हो ।

मेलामा बि एफ डियरहिल/बिएफ़ स्पोर्ट्स , शिखर शुज, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड , रनशुज , भेनस, केटिएम शुज, शिल, हाईलाईफ़ लगाएतको ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध हुनेछ ।

मेला यहि फागुन १७ देखि चैत १७ गते सम्म आयोजना हुनेछ । बिहान ९ देखि साँझ ७ बजे सम्म
चितवन प्रदर्शनी केन्द्रको हलमा उपस्थित भएर हजारौ जुत्ता अवलोकन गर्दै विशेष छुटमा गुणस्तरीय जुत्ता खरिद गर्न आयोजकले आग्रह गरेका छन् ।