रत्ननगर । जनता समाजबादी पार्टी चितवन जिल्ला कमिटीको अध्यक्षमा मुस्तफा अली चयन भएका छन् । मंगलवार रत्ननगरमा भएको जिल्ला अधिवेशनले अलीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा प्रमोद यादव, सपना अधिकारी र न्युटन चौधरी, सचिवमा प्रदिप रेग्मी, सहसचिवमा ज्ञानकुमार यादव, शम्भु चौधरी र ललन ठाकुर, कोषाध्यक्ष मनोज पोखरेल, सहकोषाध्यक्ष सर्मिला सुनुवार र देउमाया विक सर्बसम्मत चयन भएका छन् ।
अधिवेशनले सो पार्टीको युवा संगठनको अध्यक्षमा कलाउलिदन अन्सारी,महिला संगठन अध्यक्षमा उषा गिरी, पार्टीको खैरहनी नगर कमिटी अध्यक्षमा बाबुराम गौतम र माडी नगर कमिटी अध्यक्षमा आशिष अन्सारी सर्बसम्मत चयन भएका छन् । अधिवेशन नव गठित कमिटीका सहसचिव ललन ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो ।