प्लाष्टिक व्यवशायि संघको अध्यक्षमा दिपक काफ्ले सर्वसंवत चयन

February 27, 2023 10:11 pm

१५ फाल्गुण, रत्ननगर ।
प्लाष्टिक व्यवशायि संघको १२ औं साधारण सभा तथा ८ औं अधिवेसन आज पर्यटकिय नगरी सौराहामा सम्पन्न भएको छ । अधिवेसनले दिपक काफ्लेको अध्यक्षतामामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिमा निबर्तमान अध्यक्ष रामप्रसाद गजुरेल पदेन सदस्य, टेकलाल विक तथा तेजेन्द्र सापकोटा उपाध्यक्ष्य, रामकृष्ण दवाडी सचिव, ओमप्रकाश लामिछाने कोषाध्यक्ष, विश्वास भट्टराई सह-सचिव त्यस्तै जागेश्वर पौडेल , कल्पना थपलिया, हरि अर्याल, मोतिलाल बास्तोला, नारायण प्रसाद पौडेललाई सदस्यको रुपमा चयन गरेको छ ।

प्लाष्टिक व्यवशायिलाई पर्न सक्ने दैवीप्रकोप लगायतका घटनामा राहत दिन व्यवशायी भलाई कोषको स्थापना समेत आजै गरिएको छ । जस अन्तर्गत स्वत-स्फुर्त रुपमा चन्दा समेत संकलन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले वर्तमान समितिले प्लाष्टिक व्यावाशायिको हक र हितमा कार्य गर्नेमा आफु आशावादी रहेको बताएका थिए । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, प्लाष्टिक व्यवशायिक संघ चितवनका संस्थापक अध्यक्ष अरुण पिया, प्लाष्टिक व्यवशायिक संघ चितवनका निवर्तमान अध्यक्ष डिल्लीराम सापकोटा, प्लाष्टिक व्यवशायिक संघ चितवनका पुर्व अध्यक्ष एवं हालका सल्लाहकार केदार श्रेष्ठ, प्लाष्टिक व्यवशायिक संघ चितवनका पुर्व अध्यक्ष एवं हालका सल्लाहकार राजेन्द्र ओली त्यस्तै सल्लाहकार मुरारीप्रसाद ओली लगायतले बोल्नुभएको थियो । कार्यक्रम प्लाष्टिक व्यवशायिक संघका अध्यक्ष रामप्रसाद गजुरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।