१४ फाल्गुण, राप्ति ।
ईभरग्रिन ईको क्लबको आयोजनामा राप्ती-७,बिरेन्द्रनगर चितवन स्थित श्री राष्ट्रिय आधारभूत बिधालय सिरकोटमा सर-सफाई तथा फोहोर ब्यबस्थापन सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम अन्तर्गत महिनावारीमा सरसफाई, सफा पानीको महत्व, जंकफुडले स्वास्थ्यमा पार्ने नकारात्मक प्रभाव विषयमा क्लवको उपाध्यक्ष डिनिशा घिमिरे, सदस्य मंजु थापा, अध्यक्ष विमल सुवेदी त्यस्तै सदस्य समर्पण ढकालले जानकारी गराएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सुमित थापाले यस्ता कार्यक्रमको आयोजनाले दिर्घकालिन सकारात्मक प्रभाव पार्ने बताएका थिए । कार्यक्रममा बिधालयका प्रधानाध्यापक दुर्गा प्रसाद कंडेल , बिधालयका शिक्षकबर्गहरु , विद्यार्थीहरु साथै आयोजक क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।
क्लवका सह-सचिव अर्जुन खनालले संचालन गरेको कार्यक्रममा सचिव गोविन्द पाठकले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सभापतिको भूमिकामा रहेका क्लबका अध्यक्ष बिमल सुबेदीले आफ्नो अभियानलाई सहयोग गरेको भन्दै श्री राष्ट्रिय आधारभूत बिधालय सिरकोटका सम्पूर्ण शिक्षक, विद्यार्थी, हातेमालो गर्दै आएका क्लबका सम्पुर्ण सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि वातावरण तथा प्रकृती संरक्षणका यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।