कुमरोज सामुदायिक वनको साधारण सभा, संरक्षणमा केन्द्रित हुन वक्ताहरुको आग्रह

February 25, 2023 7:12 pm

खैरहनी, फागुन १३ । कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १४ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
वनका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षता एवं खैरहनी नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष केदारनाथ पन्तको प्रमुख आतित्थ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

प्रमुख अतिथि पन्तले कुमरोज वनलाई पर्यटन हव बनाएर अगाडि बढ्न सबैको हातेमालो जरुरी रहेको बताए । उनले सबै समुदायले आफ्नो स्वार्थभन्दा माथि उठेर पर्यटक भित्र्याउन र वन संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका वनका अध्यक्ष श्रेष्ठले सम्पूर्ण उपभोक्ताका गुनासोलाई सम्बोधन गर्दै पर्यटकिय गतिविधिलाई अगाडि बढाएर स्थानीयको अवस्थालाई सुधार्ने र संरक्षणको भाव जगाउन आफू लागि पर्ने बताउँदै वनले उपभोक्ता लक्षित विभिन्न कार्यक्रम लिएर आउने बताए ।

कोषाध्यक्ष उज्जवल बर्तौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने वनका लेखा सयोजक सोपना पौडेल भण्डारीले लेखा प्रतिवेदन प्रस्तुत गरेकीथिईन् ।

वनले चालु आर्थिक वर्षमा सबैभन्दा धेरै पर्या पर्यटनबाट रु ३ करोड १६ लाख ६३ हजार १ सय ६९ आम्दानी गर्न सफल भएको छ । वन पैदावार तर्फ रु ११ लाख ४९ हजार ५ सय आम्दानी गर्न सफल भएको हो ।

कार्यक्रममा वनका पूर्व अध्यक्ष, पूर्व कर्मचारी, संरक्षण कर्मी, खैरहनीमा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा कुमरोजबाट स्वर्णपदक बिजेता विद्यार्थी, कुमरोजका विभिन्न विद्यालयहरुमा अध्ययनरत तथा जेहेन्दार विद्यार्थी र पत्रकार सञ्जय दुवाडीलाई सम्मान गरिएको छ ।

कार्यक्रमका वनका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खैरहनी नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष कुल प्रसाद भुषाल, बुढी राप्ती उपभोक्ता समितीका अध्यक्ष हिरा बहादुर गुरुङ लगाएतले मन्तव्य राखेका थिए । बनका सचिव श्याम प्रसाद बराकोटीले सञ्चालन गरेको कार्यक्रममा वन परिसदका सदस्य डण्डा कुमारी दाहालले स्वागत मन्तव्य राखेकी थिईन् ।