रत्ननगर, फागुन ८ । रत्ननगर उद्योग बाणिज्य संघले सहारा सुपर मार्केटमा रहेको चिम्नी रेष्टुरेन्टमा शनिवार राती भएको आगजनीको प्रयास प्रति ध्यानर्कषण भएको जनाएको छ ।
सोमबार एक विज्ञप्ती जारी गरी घटनाप्रति दुख व्यक्त गर्दैआगनजीको प्रयास गर्नेको खोजी गरी कानुनी कारबाही गर्न माग गरेको छ । संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठद्धारा विज्ञप्तीमा संघकी संघका कार्यसमिति सदस्य तथा सहारा सुपर मार्केटकी सञ्चालिका विरन्जना घिमिरेको मार्केटमा संचालित रेष्टुरेण्ट भित्र फागुन ६ गते राती ९ बजे अज्ञात व्यक्तिबाट आगजनीको प्रयास भएको भन्दै घटनाको अनुन्धान गरी दोषीलाई कारबाहीको माग गरिएको हो ।
रेष्टुरेन्टमा भएको घटनाले अपराधिक घटनाबाट उद्योगी व्यवसायीहरुको सुरक्षा तथा व्यवसायकोे संरक्षण गर्न घटनाको निस्पक्ष छानविन गरी दोषीलाई कडा कारवाही गरी कानूनी राज्यको प्रत्याभूति दिलाउन विज्ञप्तीमा भनिएको छ ।
रेस्टुरेन्ट सहित सहारा सुपरमार्केटनै सखाप बनाउने मनसायले आगजनीको प्रयास भएको व्यवसायीहरुले बताएका छन् ।