बर्डफ्लु प्रभावित किसानले ५८ करोड क्षतिपूर्ति

February 20, 2023 3:19 pm

काठमाडौँ : सरकारी निर्णयानुसार बर्डफ्लुबाट प्रभावित देशभरका सयौँ किसानले क्षतिपूर्ति पाउने भएका छन् । यही फागुन ४ गते बसेको मन्त्रीपरिषद् बैठकले २०७८ को माघदेखि असार मसान्तसम्मको अवधिमा बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।

जसअनुसार देशभरका १५ जिल्लाका किसानले कुल ५८ करोड हाराहारीमा क्षतिपूर्ति पाउने बताइएको छ । पशुसेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले सरकारको निर्णयअनुसार क्षतिपूर्ति दिने काम अघि बढेको जानकारी दिए ।