काठमाण्डौ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा स्कटल्याण्डविरुद्धको खेलमा २ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले विजय हासिल गरेको छ । नेपालका लागी कुशल मल्लले ८१ तथा दिपेन्द्र सिंग ऎरीले अविजित ८५ रन बनाए । सुरुवातका चरणमा सस्तैमा विकेट गुमाईरहेको नेपाललाई कुशल तथा दिपेन्द्रले सतकीय साझेदारी गर्दै जितको आधार खडा गरेका थिए । ७७ रन मै आफ्नो महत्वपुर्ण ५ विकेट गुमाएको नेपालका पछिल्लो क्रमका व्याट्सम्यान चलेका कारण सहज जीत सम्भव भएको थियो । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा लक्ष्य पच्छाउने क्रममा नेपालले दोश्रो ठुलो जीत निकाल्नका लागी सोमपाल कामीले अविजित रहदै २४ रन बनाए । नेपालका लागी किशल भुर्तेलले १६,आशिफ सेखले ९, ज्ञानेन्द्र मल्लले ४, कप्तान रोहित पौडेलले ६, सन्दिप जोराले ५ त्यस्तै गुलसन झाले १७ रन बनाए ।
नेपालका लागी बलिङ तर्फ सन्दिप लामिछानेले ३, कुशल मल्लले २ त्यस्तै सोमपाल कामि, कुशल भुर्तेल र दिपेन्द्र सिंग ऎरीले समान १-१ विकेट लिए ।
टस हारेर व्याटिङको निम्तो पाएको स्कटल्याण्डले २ सय ७४ रन बनाएको थियो । उसका लागी मिचेल लेस्कले सतकीय पारी खेले । उनले मात्र ८५ बलमा अविजित रहदै १ सय ७ रन बनाएका थिए ।
घरेलु मैदानमा जीत संगै वर्ल्ड कप लिग २ मा नेपालले २६ खेल बाट २२ अंक प्राप्त गरेको छ, हाल सम्म नेपाल छैठौ स्थानमै यथावत रहेको छ । नेपालको अर्को खेल नामिबिया विरुद्ध भोलि हुनेछ ।