पहिलो एक दिवसीयमा नेपालको रोमान्चक जित

February 14, 2023 5:04 pm

काठमाण्डौ । राजधानीमा आजै बाट सुरु भएको आईसीसी क्रिकेट वर्ल्डकप लिग टू अन्तर्गत नेपालले २ विकेटको रोमान्चक जित हात पारेको छ । मध्यक्रममा कप्तान रोहित पौडेल र ओपनर कुशल भुर्तेलले उत्कृष्ठ प्रदर्शन गरेपनि कप्तान आउट भए संगै नेपालको पारी लर्खराएको थियो । पछिल्लो क्रमका व्याटर सन्दिप जोरा र करण केसीले आक्रामक पारी खेले संगै नेपालको जित सु-निश्चित भएको थियो । नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा पुरा गर्यो ।

नेपालको जितको हिरो ओपनर व्याट्सम्यान कुशल भुर्तेल बने , उनले १० चौका र ४ छक्काको मद्धतमा १ सय १३ बलमा १ सय १५ रन प्रहार गरे । कुशल भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी-२० अन्तर्राष्ट्रिय दुवैमा शतक बनाउने नेपालको तेस्रो खेलाडी बनेका छन् । एक दिवसीयमा यो उनको पहिलो शतक हो । २०२१ को सेप्टेम्बरमा अमेरिकाविरुद्ध लिग-२ कै खेलमा ओमानको मस्कटमा ८४ रन बनाउनु एक दिवसीय अन्तर्राष्ट्रियमा कुशलको यसअघिको उच्च स्कोर थियो । कुशलको हकमा उनी एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउने नेपालका पहिलो ओपनर पनि हुन् । नेपालका लागी आशिफ शेख र सन्दिप लामिछानेले खाता खोल्न सकेनन भने ज्ञानेन्द्र मल्ल २५, कप्तान रोहित पौडेल ७२, कुशल मल्ल ६, दिपेन्द्र सिंग ऎरी ७, सन्दिप जोरा २८ त्यस्तै करण केसीले २ छक्का र १ चौकाको मद्दतमा अविजित आक्रामक २० रन बनाए । नेपालका लागी विनिंग सर्ट सोमपाल कामीले प्रहार गरे । उनले १ बलमा ४ रन प्रहार गरे ।

पहिले ब्याटिङ गरेको नामिबियाको लागी माईकल भान लिङ्गेले १ सय ३३ रन बनाए , त्यस्तै उसका लागी ग्रेहद इरास्मस ले ५६ र जाने ग्रिनले ३४ बनाए । बलिंग तर्फ नेपालका करण केसीले ५ तथा सन्दिप लामिछानेले ३ विकेट लिए । नामिबियाको लागी बलिंग तर्फ रुबेल ट्रम्बेल्मन र जान निकोलले समान ३/३ विकेट लिए ।