रत्ननगर, १ फागुन
काठमाण्डौ बेकरीको शाखा रत्ननगरको पर्सौनीमा खुलेको छ । रत्ननगर वडा नम्बर १० का वडाध्यक्ष कलाधर पौडेलले सोमबार रिबन काटेर शाखाको उद्घाटन गरेका हुन् । यसअघी रत्ननगरको सौराहाचोक बाट सेवा दिंदै आइरहेको बेकरीले ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पर्सौनीमा पनि शाखा विस्तार गरेको बेकरीका संचालक सनम क्षेत्रीले बताए ।
बेकरीमा जन्मोत्सव लगायतका विभिन्न उत्सवको लागि चाहिने केक, कुकिज, व्रेड, पिज्जा, स्याण्डविच, बरगर, आइसक्रिम, लगायतका परिकार पाइने सञ्चालक क्षेत्रीले जानकारी दिए । उनले पर्सौनीको शाखामा शाकाहारी परिकार मात्र उपलब्ध हुने बताए ।
शाखाको उद्घाटन गर्दै वडाध्यक्ष कलाधर पौडेलले अब रत्ननगरमा गुणस्तरीय बेकरीको अभाव नहुने विश्वास व्यक्त गर्दै उपभोक्ताको मागलाई ध्यानमा राखेर अघि बढ्न सुझाब दिए । उद्घाटन कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटा, वडा नम्बर ५ का वडाध्यक्ष बालकृष्ण चापागाँई,वडा नम्बर ६ का वडाध्यक्ष किरण चौधरी, रत्ननगर खानेपानीका अध्यक्ष माधव अर्याल लगायतको उपस्थिति रहेको थियो ।