रत्ननगर,२८ माघ
पूर्वी चितवनको रत्ननगरमा महिलाको निःशुल्क पाठेघर परिक्षण गरिएको छ । कामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड रत्ननगरको आयोजनामा गरिएको स्वास्थ्य शिविरमा १५० जना महिलाको निःशुल्क पाठेघर परिक्षण गरिएको हो । शुक्रबार रत्ननगर वडा नम्बर ४ को राष्ट्रिय आधारभूत विद्यालयमा कलेज अफ मेडिकल साइन्सेस भरतपुरको सहयोगमा शिविर गरिएको कार्यक्रम संयोजक कृष्ण कुमारी डल्लाकोटीले जानकारी दिइन् । आधारभूत विद्यालयका प्रधानाध्यापक रमेशचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा भएको शिविरमा प्रेरणा वंशल,संस्थाका उपाध्यक्ष सीतादेवी शर्मा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम इन्दु तिवारीले संचालन गरेकी थिइन् ।