राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध चयन

February 6, 2023 4:06 pm

काठमाडौँ, माघ २३ । राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।

आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अन्य उम्मेदवारी नपरेको र एउटा मात्र सुचना प्राप्त भएका कारण अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी अर्याललाई नेपाली कांग्रेसलगायतका दलले समर्थन गरेका थिए ।