सडकमा तरकारी फालेर विरोध प्रदर्शन

February 3, 2023 5:33 pm

चितवन : भारतीय तरकारीका कारण नेपाली तरकारीले बजार नपाएकाले चितवनका किसान आन्दोलित बनेका छन्। शुक्रबार चितवनका किसानले सरकारको ध्यानाकर्षण गराउन नाराणगढको पुल्चोकमा हजरौँ किलो तरकारी सडकमा खन्याएर विरोध प्रदर्शन गरेका हुन् ।

भारतबाट अवैध रुपमा भित्रिने तरकारीका कारण स्थानीय उत्पादले बजार भाउ पाउन सकेको छैन भने प्रशासनले अवैध तरकारी भित्रिन नदिन यथेष्ट पहल गर्न नसकेको आरोप विरोध प्रदर्शनमा उत्रिएका किसानहरुले लगाएका छन् ।