सहिद दिवसको अवसरमा रत्ननगरमा दिप प्रज्वलन

January 30, 2023 8:03 pm

रत्ननगर, माघ १६

सहिद दिवसको अवसरमा पूर्वी चितवनको रत्ननगरमा दिप प्रज्वलन गरिएको छ । लायन्स क्लब अफ रत्ननगर मिड नेपाल, रत्ननगर जेसिज, रत्ननगर जुनियर जेसिज र देवी अभियान रत्ननगरले संयुक्त रुपमा दिप प्रज्वलन गरेको हो।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ । सोही अवसरमा रत्ननगरको सौराहाचोकमा सहिदहरुको सम्मान तथा सम्झनामा दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा रत्ननगर जेसिजका निर्देशक रुपेश तिमिल्सीना, लियो क्लब अफ रत्ननगर मिड नेपालका उपाध्यक्ष समिर अधिकारी, रत्ननगर जुनियर जेसिजका अध्यक्ष सन्दर्भ खनाल, देवी अभियानकी देवी अधिकारी लगायतको उपस्थिती रहेको थियो ।