महोत्सवमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता,विहीवार प्रमोदले झुमाए दर्शक

January 26, 2023 7:58 pm

माघ १२ गते । बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवमा जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । पहिलो दिन भएका खेलहरु जित्दै किरण लामा र जगदिश अधिकारी तथा सन्देश वस्नेत र प्रदिप सुवेदीको जोडी फाईनलमा प्रवेश गरेको छ । फाईनल खेल शुक्रवार लदरी खोला किनारमा जारी महोत्सव परिसरमै हुनेछ । प्रतियोगितामा मिलन जिम्मा र अमन थिंङ तथा आयुस गुरुङ र छिरिङ लामाको जोडीले तृतिय स्थान हासिल गरेका प्रतियोगिताका संयोजक कपिल श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ,ट्रफी प्राप्त गर्ने छ भने द्धितियले नगद १० हजार तथा तृतिय भएका जोडीले नगद ५ हजारका दरले पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक श्रेष्ठले वताए ।
महोत्सवको नवौं दिन चर्चित गायक प्रमोद खरेलले उपस्थित हजारौं दर्शकलाई मनोरञ्जन दिलाए । एक दर्जन गित प्रस्तुत गरेका खरेलको गितमा उपस्थित दर्शकले भरपुर मनोरञ्जन लिए । महोत्सवको दशौं दिन चर्चित गायक प्रकाश सपुत र गायिक प्रिति आलेको साँगेतिक प्रस्तुति रहने सास्कृतिक समिति संयोजक अर्जुन लम्सालले जानकारी दिए । विहीवार करिव १० हजार अवलोकनकर्ताले महोत्सवको अवलोकन गरेको आयोजक उद्योग बाणिज्य संघ खैरहनीले जनाएको छ । उद्योण बाणिज्य संघ खैरहनी र नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशको सयुक्त आयोजनामा माघ ४ गते सुरु भएको महोत्सव १५ गते सम्म संचालन हुनेछ ।