रत्ननगरमा मेलमिलाप समिति पुनर्गठन : अध्यक्षमा अधिकारी, सचिवमा खनाल

January 26, 2023 3:56 pm

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले नगर स्तरीय मेलमिलाप समिति पुनर्गठन गरेको छ । पुनर्गठित समितिको अध्यक्षमा भूपेन्द्र अधिकारी, सचिवमा संगिता खनाल, कोषाध्यक्षमा अनिता अर्याल र सदस्यहरुमा प्रमिला ढकाल, सुजता विष्ट, रामचन्द्र दुवाडी, कृष्णप्रसाद अधिकारी, सीता नेपाल र विष्णु भण्डारी कट्टेल रहेका छन् । रत्ननगरमा २०६० साल देखि मेलमिलाप समिति क्रियाशिल छ । नयाँ निर्वाचित नगरपालिकाको नेतृत्वले लक्ष्मी चौधरीको नेतृत्वमा रहेको समिति विघटन गरी अधिकारीको नेतृत्वमा समिति पुनर्गठन गरेको हो । विहीबार आयोजित एक औपचारिक कार्यक्रमका बीच न्यायिक समितिका संयोजक तथा उपमेयर यादव प्रसाद पाठकले पुनर्गठित समितिका पदाधिकारी तथा सदस्यहरुको नाम घोषणा गरेका थिए । सो अबसरमा मेयर प्रल्हाद सापकोटाले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन मेलमिलाप समिति पुनर्गठन गरिएको बताए । उनले मौजुदा समितिमा नेतृत्व र पदाधिकारीमा फेरबदल गर्दै पुराना अनुभवि र क्षमतावान व्यक्तिहरुलाई समितिमा ल्याइएको बताए । सो नगरपालिकाले वडा स्तरीय मेलमिलाप समिति समेत पुनर्गठन गरेको जनाएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी,विज्ञ सल्लहाकार रामहरि न्यौपाने,वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।