श्रीपंचमीको दिन खैरहनी महोत्सवमा पोसाक लगाएका विद्यार्थीलाई नि:शुल्क प्रवेश

January 25, 2023 5:37 pm

माघ ११ गते । चितवनको खैरहनिमा जारी महोत्सवमा भोलि बिहिवार विद्यार्थीलाई निशुल्क प्रबेशको ब्यबस्था गरिएको छ । लदरी खोला किनारमा बागमती प्रादेशिक एवं दोस्रो खैरहनी महोत्सव संचालन भईरहेको छ । सरस्वती पुजा अर्थात श्रीपंचमिका दिन भोलि विद्यालय पोसाक लगाएर महोत्सव घुम्न गए प्रवेश शुल्क नलाग्ने उद्योग बाणिज्य संघ खैरहनिका अध्यक्ष दिपेन श्रेष्ठले जानकारी दिए । अरु दिन विद्यार्थीले आफ्नो परिचयपत्र देखाए ३० रुपैयाँ मात्र टिकट शुल्क लाग्छ । विद्यालयको पोसाक लगाएर आउने विद्यार्थीले भोलि निशुल्क प्रबेश पाउनेछन,संघका अध्यक्ष श्रेष्ठले भने ।

सर्वसाधारणका लागि भने प्रवेशमा ५० रुपैयाँ शुल्क लिइएको छ । महोत्सवको आठौं दिन बुधबार चर्चित गायिका शान्ति श्री परियार ,सुमन परियार,सुजन गुरुङ लगायत स्थानीय कलाकारहरुको सांगेतिक प्रस्तुति रहने सांस्कृतिक समिति संयोजक अर्जुन लम्सालले जानकारी दिए । उद्योग बाणिज्य संघ खैरहनी र नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेशको सयुक्त आयोजनामा माघ ४ गतेदेखि सुरु भएको महोत्सव १५ गते सम्म चल्नेछ । महोत्सवमा कृषि परिसर र सेल्फी जोन आकर्षकको रुपमा रहेको छ । महोत्सव अवलोकन गर्नेहरुमध्यबाट लक्की ड्र गरेर स्कटुर , वासिङ मेसिन र स्मार्ट टि भी प्रदान गरिने छ । ५० रुपैयाँको टिकट काटेर महोत्सव अवलोकन गर्नेहरु मध्य एक जनाले बम्पर उपहारमा यामाहाको स्कुटर प्राप्त गर्ने संघका प्रथम उपाध्यक्ष कुमार खनालले बताए । लक्की ड्र मार्फत नै वासिङ मेसिन र स्मार्ट टि भी समेत उपहारमा प्रदान गरिनेछ ।