वागमतीमा मन्त्रीको भागबण्डा मिल्यो, माओवादी र एमालेलाई चार/चार, राप्रपालाई तीन मन्त्रालय

January 25, 2023 5:17 pm

काठमाडौं : वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । मुख्यमन्त्री जमरकट्टेलले सत्ता साझेदार दलहरुसँगको छलफलपछि बुधबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भएका हुन् । सत्ता साझेदार दलहरुबीच नेकपा माओवादीले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ भने एमालेले चार मन्त्रालय पाउने भएको छ । त्यसैगरी राप्रपाले तीन मन्त्रालय पाउने भएको छ ।

एमालेले एकलाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव पोखरेल, जगन्नाथ थपलियालाई मन्त्रीका रुपमा पठाउने भएको छ । तर मन्त्रालय टुंगो नलागिसकेको मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । त्यसैगरी माओवादी केन्द्रले मुख्यमन्त्री र तीन मन्त्री पाएको छ । माओवादीले मन्त्रीमा युवराज दुलाल, गंगानारायण श्रेष्ठ र कुमारी मोक्तानलाई सरकारमा पठाउने भएकोक छ । तीन मन्त्री पाएको राप्रपाले यसअघि नै एक मन्त्री पठाएपनि बाँकी दुई जना कसलाई मन्त्री बनाउने भन्ने टुंगो लागाइसकेको छैन ।