खैरहनी महोत्सवको चित्रकलामा सैनिक मावि प्रथम

January 22, 2023 6:44 pm

माघ ८ गते । बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सवमा आईतवार चित्रकला प्रतियोगिता गरिएको छ । विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यका साथ महोत्सवमा चित्रकला प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयका जीवन महतो प्रथम भए । त्यस्तै सोही महाविद्यालयका आयुष श्रेष्ठ द्धितिय हुँदा होली गार्डेन मोर्डन स्कुलका निरज चौधरी तृतिय तथा आधारभूत विद्यालय शान्तिवजारका राजेन्द्र विकले सान्त्वना स्थान हासिल गरेको प्रतियोगिताका सयोजक सागर अधिकारीले जानकारी दिए । विजयी विद्यार्थीहरुलाई महोत्सव समापनका दिन पुरस्कृत गरिने उनले वताए । महोत्सवकै अवसरमा यसअघि निवन्ध प्रतियोगिता सम्पन्न भईसकेको छ भने खैरहनी डान्स आईडल समेत आयोजना गरिएको छ ।
महोत्सवको पाँचौ दिन करिव १५ हजार दर्शकले महोत्सव अवलोकन गरेको महोत्सव मुल समारोह समितिका सयोजक एवं उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठले जानकारी दिए । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश र उद्योग बाणिज्य संघ खैरहनीको सयुक्त आयोजनामा माघ ४ गतेदेखी संचाचित महोत्सव माघ १५ गते सम्म चल्नेछ ।