सांसद मिँयाको पहिलो महिनाको तलबबाट विपन्न वालवालिकालाई न्यानो कपडा वितरण

January 22, 2023 6:42 pm

रत्ननगर, माघ ८ – प्रतिनिधि सभा सांसद कल्पना मिँयाले रत्ननगरका मुश्लिम, थारु तथा विपन्न समुदायका बालवालिकालाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेकी छन् । माओवादी केन्द्रबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनेकी उनले पहिलो महिनाको तबलबाट रत्ननगरका ९१ जना बालवालिकालाई न्यानो कपडा वितरण गरेकी हुन ।

नेकपा माओवादी केन्द्र रत्ननगरले शनिवार एक कार्यक्रमको आयोजना गरी शनिवार बालवालिकालाई कपडा वितरण गरेको छ ।

नेकपा माओवादी केन्द्र प्रदेश कमिटी कोषाध्यक्ष संगिता भट्टराई, प्रदेश कमिटीका सचिवालय सदस्य राजु अम्गाई,प्रदेश कमिटी सदस्य लक्ष्मी नेपाली,नगर कमिटी अध्यक्ष श्याम बरालले सयुक्त रुपमा बालवालिकालाई कपडा हस्तान्तरण गरेका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी प्रदेश कमिटी कोषाध्यक्ष भट्टराईले सांसद कल्पना मिँयाले पहिलो महिनाको तलबबाट विपन्न बर्गका वालवालिकालाई गरेको सहयोग उदाहरणीय रहेको बताइन । उनले गरिव र दुखी माथी सासन गर्ने कामको अन्त्य नभइनसकेको भन्दै धनी र गरिब बीचको असमानता हटाउने आन्दोलन जारी रहेको बताइन ।

कार्यक्रममा पुर्वी चितवन पत्रकार मन्चका अध्यक्ष होमनाथ सापकोटा,आरुषी खवरका प्रबन्ध निर्देशक सन्तोष बस्ताकोटी,आर्थीक सन्देशका अध्यक्ष कमल ढकाल,किरण कुँवर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम नगर कमिटी अध्यक्ष श्याम बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।