खैरहनी महोत्सवमा एकै दिन २० हजार अवलोकनकर्ता

January 21, 2023 5:51 pm

माघ ७ गते । बागमती प्रादेशिक एवं दोस्रो खैरहनी महोत्सवमा शनिबार हजारौं अवलोकनकर्ताहरुले महोत्सवको अबलोकन गरेका छन् । आयोजक उद्योग बाणिज्य संघ खैरहनिले दिएको जानकारी अनुसार शनिबार एकै दिन २० हजार भन्दा बढीले महोत्सवको अबलोकन गरेका छन् । महोत्सवको दोस्रो र तेस्रो दिनको तुलनामा चौथो दिन उत्साहजनक रूपमा अवलोकनकर्ताहरुको उपस्थिति रहेको संघका अध्यक्ष एव महोत्सवका संयोजक दिपेन श्रेष्ठले जानकारी दिए ।

सुरुका दिनमा संतोषजनक उपस्थिति रह्यो महोत्सव संयोजक श्रेष्ठले भने – शनिबारको उपस्थितिले हौसला दिएको छ,अब अवलोकनकर्ताको चाप बढ्नेमा ढुक्क छौं । महोत्सवमा विशेष आकर्षणको रुपमा सेल्फी जोन रहेको छ । त्यहाँ अत्याधिक मान्छेको भिड लाग्ने गरेको छ । सेल्फी जोनमा लोपोन्मुख लगायत अन्य जनावरहरुको मुर्ति राखिएको छ । शनिबार कलाकार अस्मिता अधिकारी , मनोज महतो , सुरज कालाखेती लगायत कलाकारहरुको सांगेतिक प्रस्तुति रहेको थियो ।

कृषि ,पर्यटन र उद्योगलाई प्राथमिकता दिएर उद्योग बाणिज्य संघ खैरहनि र नेपाल उद्योग बाणिज्य संघ बागमती प्रदेशको सयुक्त आयोजनामा आयोजित महोत्सव माघ १५ गते सम्म चल्नेछ ।