चितवनले जित्यो वाग्मती प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि

January 21, 2023 5:34 pm

रामेछाप । रामेछापमा भएको वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ । शनिबार भएको फाइनलमा रामेछापलाई हराएर चितवनले उपाधि उचालेको हो ।

आयोजक नेपाल खेलकुद महासंघका अनुसार चितवनले २५–१८, २८–२५ र २५–१३ अंकले रामेछापलाई पराजित गरेको हो । विजेता टोलीले २ लाख रुपैयाँ नगद प्राप्त गरेको छ । द्वितीय हुने रामेछापले १ लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा सिन्धुपाल्चोकले तेस्रो र धादिङले सान्त्वना स्थान हासिल गरेका थिए ।

चार दिनअघिदेखि सुरु भएको प्रतियोगितामा ललितपुर र भक्तपुरबाहेक वाग्मती प्रदेशका ११ वटा टिमको सहभागिता थियो ।