सभामुखमा एमालेका घिमिरेको उम्मेदवारी दर्ता

January 18, 2023 1:43 pm

काठमाडौं। नेकपा एमालेका सांसद देवराज घिमिरेले सभामुखमा मनोनयन दर्ता गराएका छन्। बुधबार संघीय संसद सचिवालयमा घिमिरेले सभामुखमा मनोनयन दर्ता गराएका हुन्।

उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन्।सभामुखको मतदान भोली बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा हुनेछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।