न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिन्छौ : मेयर रेनु दाहाल

January 17, 2023 6:55 pm

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले न्यानो कपडा वितरण कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने बताउनु भएको छ । मंगलबार भरतपुर महानगरपालिकामा रहेका अटिजम विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै मेयर दाहालले भरतपुरको शैक्षिक गुणस्तर वृद्धि गर्न यो कार्यक्रमलाई निरन्तरता दिईने उल्लेख गर्नुभयो ।

भरतपुरमा रहेका अटिजम विद्यालयमा अध्ययन गरिरहेका करिब ५ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । फरक क्षमता भएका विद्यार्थीहरुलाई प्रथामिकतामा राखेर न्यानो कपडा वितरण गरिएको मेयर दाहालले बताउनुभयो ।

विद्यार्थीहरुलाई विद्यालयसम्म ल्याउनको लागि महानगरपालिकाले विद्यार्थीमैत्री धेरै कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको जानकारी दिनुभयो ।

निःशूल्क र आद्यारभूत शिक्षा उपलब्ध गराउन महानगरले विद्यालयको अवस्था हेरेर निःशूल्क बस वितरण, निःशूल्क खाजा, छात्रावृति लयायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
यो सँगै भरतपुर महानगरपालिकाले यस वर्ष दिने न्यानो कपडा वितरण गर्ने कार्य सम्पन्न गरेको छ । यस वर्ष १४ सय ३० जनालाई न्यानो कपडा वितरण गरिएको महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र प्रसाद पौड्यलले जानकारी दिनुभयो ।

यसअघि महानगरपालिकाले भरतपुरका १२ वटा सामुदायिक विद्यालयका विपन्न १ हजार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिसकेको छ । विषेश गरी चिसो मैसमका कारण विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित नहुन परोस् भन्ने उद्देश्यले विगत ४ वर्षदेखि न्यानो कपडा वितरण गर्दै आईरहेको छ ।