विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन

January 16, 2023 6:26 pm

रत्ननगर । पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा सोमबार साँझ रत्ननगरमा दिप प्रज्वलन गरिएको छ । रत्ननगर ९ स्थित रत्नप्रिय क्लवले टिकौलीमा दीप प्रज्वलन गरी मृतआत्माको चिरशान्तिको कामना गरेको हो ।

कार्यक्रममा सहभागीहरुले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोककुल परिवारजनमा धर्यधारण गर्ने शक्तिका लागि प्राथना समेत गरेका छन् । क्लवका अध्यक्ष बसन्त रानाले पोखरामा भएको विमान दुर्घटनाले मुलुकमा भयानक मानबीय क्षति भएको बताए । उनले सरकारले हावाइ दुर्घटना रोक्न ठोस कदम चल्न आवश्यक रहेको बताए । हवाई मार्गको असुरक्षित हुनुको कारण खोजिको लागि अनुसन्धान सुरु गर्न उनले सरकारसंग माग समेत गरेका छन् ।

त्यसैगरी दिवंगत भएकाहरुको सम्झनामा रत्ननगर जेसीजले सौराहाचोकमा दीप प्रज्वलन गरेको छ । क्लवका अध्यक्ष अमित गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले दिवंगत आत्माको चिरशान्तिको कामन गर्दै शोकमा परेका परिवारमा धैर्य गर्ने शक्ति प्राप्तका लागि प्रार्थना गरेको कार्यक्रम संयोजक सुमन पौडेलले बताए । आतवार पोखरामा भएको विमान दुर्घटनामा ७२ जनाले ज्यान गुमाएका छन् ।