विमान दुर्घटना अपडेट : वेपत्ता ४ मध्ये एकजनाको शव सेती नदीको पानीमा भेटियो

January 16, 2023 5:59 pm

काठमाडौँ : यती एयरलाइन्स प्रालिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा स्थलमा सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ । पोखरास्थित सेती नदीमा पसेर गोताखोरले एउटा शव निकालेका छन् ।

वेपत्ता ४ जनामध्ये एकजनाको शव सेती नदीको पानीमा भेटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए । दुर्घटनामा परेका ३ जनाको अवस्था अझै अज्ञात छ । सेतीको पानीमा सशस्त्र प्रहरी बलका गोताखोरले खोजिरहेका छन् ।

पानीबाट निकालिएको शव सशस्त्र प्रहरीले गण्डकी अस्पतालमा पठाउने तयारी गरिरहेको डीएसपी थापाले बताए । दुर्घटनास्थलमा ३ जना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोली कुरिनटारबाट दुर्घटनास्थलमा पठाईएको छ ।