भिंज: खलः रत्ननगरको अध्यक्षमा पुनः श्रेष्ठ

January 9, 2023 6:39 pm

रत्ननगर, पुष २५ ।
भिंज: खल: रत्ननगरको अध्यक्षमा पुनः गोविन्दकृष्ण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । सो संस्थाको ३६ औं वार्षिक साधारण सभा तथा १८ औं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा हरिसुन्दर लाखे, सचिवमा राजु मालाकार, कोषाध्यक्षमा नारायण सुन्दर महाजु र सदस्यहरुमा बुद्धराम जोशी (रविन),दानबहादुर भूजु, गोविन्दमान श्रेष्ठ, भैरव श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ, ध्रुब खें र महेश राजभण्डारी चयन भएका छन् ।

नेवा देय दवु का केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्रलाल राजभण्डारी प्रमुख अतिथी रहेको साधारणसभा तथा अधिवेशनमा रत्ननगर वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, बकुलहर रत्ननगर अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्य,जिल्ला आयुर्वेद अस्पताल रत्ननगरका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका सदस्य बुद्धराम जोशी (रविन) ले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव राजु मालाकारले संचालन गरेका थिए ।