पूर्वी चितवनमा पशु कल्याण सुरक्षा समिति गठन

January 7, 2023 6:48 pm

रत्ननगर, २३ पुष । चितवनको रत्ननगरमा शनिबार सम्पन्न पशु अधिकार कर्मीहरूको भेलाले पूर्वी चितवन स्तरीय पशु कल्याण सुरक्षा समिति गठन गरेको छ । बसन्त राना संयोजक रहेको सो समितिको सदस्यहरूमा बेदप्रसाद आचार्य, सरस्वती लामा, किरण कुँवर, पुष्पराज पौडेल, चिरण शर्मा र पुकार कुँबर रहेका छन् ।

पूर्वी चितवनमा पशु पंछी कल्याण, मानव स्वास्थ्य हित तथा कल्याणको पैरवी गर्ने उद्देश्यले संस्था स्थापना गरिएको संयोजक रानाले जानकारी दिए । सो संस्थाको मुख्य कार्यालय ललितपुरमा रहेको र १३ जिल्लामा सम्पर्क कार्यालय रहेको तथा चितवनको भरतपुरमा कार्यालय स्थापना गरि काम भइरहेको संयोजक रानाले जानकारी दिए ।

राना संयोजक रहेको समितिले रत्ननगर ,खैरहनी,राप्ती र कालिका नगरपालिकामा पशु हित, कल्याण, ओशार पोसार देखि उनिहरुले महशुस गर्ने शारिरीक तथा मानसिक पिडा जन्य काम गर्न निरुत्साहित गर्ने गरि काम अगाडी बढाउने समितिकी सदस्य सरस्वती लामाले जानकारि दिइन् ।