लायन्स क्लब अफ रत्ननगर मिड नेपालले गर्यो नगद हस्तान्तरण

January 6, 2023 6:11 pm

२२ पौष, रत्ननगर ।
लायन्स क्लब अफ रत्ननगर मिड नेपालले आज रत्ननगर, अमेलियामा रहेको असाहय वृद्ध कल्याण समाजलाई नगद हस्तान्तरण गरेको छ । स्वर्गीय लक्ष्मीकान्त चापागाईंको पुण्य तिथिको अवसर पारेर लायन्स क्लब अफ रत्ननगर मिड नेपालका शुभेच्छुक समेत रहेका उनका छोरा भोजराज चापागाईं ले समाजलाई नगद पच्चीस हजार हस्तान्तरण गरेका हुन् ।

डिस्ट्रिक एजुकेटिभ चिफ पी एम जे एफ लायन दिपेन्द्र खतिवडाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा डिस्ट्रिक चिफ लायन सुरेश चन्द्र आचार्य, क्लस्टर चिफ लायन ओमलाल सापकोटा, रिजन प्रकास शर्मा, जोन एम जे एफ सुर्य प्रकाश रेग्मी लगाएतको उपस्थिति रहेको थियो ।

संस्थाका सचिव शंकर पौडेलले संचालन गरेको कार्यक्रम लायन्स क्लब अफ रत्ननगर मिड नेपाल वर्ष २२/२३ का अध्यक्ष लायन सुमन सुवेदीको अध्यक्षतामा भएको थियो ।