चर्चित र्‍यापर जिवव सौराहा आउने

December 29, 2022 9:29 pm

चितवन, पुष १४–
नेपालकै तेस्रो पर्यटकीय नगरी सौराहामा ग्रेट टिभी खैरहनीको आयोजनामा ‘न्यू इयर नाइट २०२३’ हुने भएको छ । अंग्रेजी नयाँ बर्ष २०२३ को अवसर पारेर ग्रेट टिभीले सांगेतिक तथा मनोरञ्जनात्मक कार्यक्रम न्यू इयर नाइट गर्न लागेको हो । कार्यक्रममा चर्चित र्‍यापर जिववको मुख्य प्रस्तुती रहने कार्यक्रम संयोजक रामेश्वर रिजालले जानकारी दिए । र्‍यापर जिववको ‘मिलेन लेबल’ बोलको गित चर्चित छ ।अंग्रेजी महिना डिसेम्बर ३१ शनिबारको दिन सौराहाको सेभेन स्टार होटलमा हुने कार्यक्रममा प्लस डिभाइड, आरभ्द, क्वइन्च जि, श्री पच, मार्मिक लामा, डिजे शरद पुन लगायतको प्रस्तुती पनि रहने कलाकार संयोजक विजय राइले बताए । सांगेतिक कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले बिहीबार रत्ननगरमा गरिएको पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमले सौराहाको पर्यटनमा केही टेवा पुग्ने विश्वास लिएको छ । अनलाईन तथा आयोजकसंग सम्पर्क गरेर टिकट खरिद गर्न सकिने आयोजकले जानकारी दिएको छ । टिकटको मूल्य एक हजार रुपैयाँ रहेको छ ।