नेकपा एमाले वागमती प्रदेशको संसदीय दलको नेतामा थपलिया सर्वसम्मत चयन

December 29, 2022 1:35 pm

चितवन १४ पुस । नेकपा एमाले वागमती प्रदेशको संसदीय दलको नेतामा चितवनका नेता जगन्नथा थपलिया निर्वाचित हुनु भएको छ ।
आज संसदीय कार्यालय हेटौडामा भएको वैठकमा थपलियालाइ सर्वसम्मत निर्वाचित गरेको हो । नेता थपलिया चितवन निर्वाचन क्षेत्र नं. १ को १ बाट विजयी हुनु भएको थियो । उहाँ यस अगाडि वागमती प्रदेशको मुख्य मन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकारको रुपमा काम गर्नु भएको थियो ।