चितवनको खैरहनीमा ‘मापसे चेक’ प्रतियोगिता हुँदै

December 28, 2022 6:57 pm

चितवन, पुस १३ ।
पूर्वी चितवनको पर्सा बजारमा रहेको आर्शिवाद अटोमोबाईल्सले ‘मापसे चेक’ प्रतियोगिता गर्ने भएको छ । बजाज कम्पनीको मोटरसाइकलको आधिकारिक बिक्रेता आर्शिवाद अटोमोबाईल्स प्रालिले माईलेज, पर्फमेन्स र सेफ्टी (मापसे) चेक भन्ने अवधारणा ल्याएर पल्सर १२५ एन एस ‘मापसे चेक’ प्रतियोगिता गर्न लागेको हो । भोली बुधबार खैरहनी नगरपालिका ७ सुल्तानामा प्रतियोगिता गर्न लागिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

प्रतियोगितामा पल्सर १२५ एन एस मोटरसाईकलमा माईलेज नाप्ने टुल्सको प्रयोग गरि १०० मिलिलिटर पेट्रोल हालेर ग्राहकलाई मैदानमा चलाउन लगाईने प्रालिका प्रवन्ध निर्देशक सुरेश चौधरीले जानकारी दिए । अटोमोबाईल्सले बिक्री गर्दै आइरहेको पल्सर १२५ एन एस मोटरसाईकलको माईलेज,पर्फमेन्स,सेफ्टी लगायतको विषयमा जानकारी गराउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको चौधरीले जानकारी दिए । पत्रकार सम्मेलनमा चौधरीले ‘ ग्राहकहरूलाई पल्सर १२५ एन एस मोटरसाईकलले माईलेज कति दिन्छ ? पर्फमेन्स कस्तो छ ? सेफ्टी फ्युचर कस्तो छ ? भन्ने धेरैलाई थाहा छैन, प्रतियोगिताको दिन ग्राहकहरुलाई जानकारी दिन्छौ । ‘ उनले भने, प्रतियोगितामा १०० जना भन्दा बढीको सहभागिता रहने चौधरीले बताए ।

मोटरसाइकलबाट कसरी माईलेज राम्रो निकाल्ने, राम्रो पर्फमेन्स कसरी दिन्छ र कसरी सुरक्षित तरिकाले मोटरसाईकल चलाउने लगायतको बिषयमा पनि प्रतियोगितामा जानकारी दिईने एरिया सर्भिस म्यानेजर प्रकाशबाबु श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएका बिजेताहरुलाई आकर्षक पुरस्कारका साथै ट्रफी उपलब्ध गराईने रिजनल अफिसर सेल्स बिजय कुमार सिंहले जानकारी दिए ।