प्रचण्ड–ओली आधा आधा कार्यकाल प्रधानमन्त्री

December 25, 2022 7:31 pm

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आधा–आधा कार्यकाल सरकार चलाउने सहमति गरेका छन्।

पहिलो अढाई वर्ष प्रचण्ड र दोस्रो अढाई वर्ष ओली प्रधानमन्त्री हुने सहमति उनीहरूबीच भएको हो । सात दलको उपस्थितिमा दुई दलका अध्यक्षले कार्यकालबारे भद्र सहमति गरेका हुन्। उनीहरूले लिखित रूपमा भने सहमति गरेका छैनन्।