रत्ननगरमा सवारी दुर्घटना न्यूनीकरण सचेतना तथा सवारीको यान्त्रिक परिक्षण

December 19, 2022 7:56 pm

४ पौष, रत्ननगर ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र रत्नाप्रिय क्लब रत्ननगरको आयोजनामा आज रत्ननगरमा सवारी दुर्घटना न्यूनीकरणका लागी सवारीको यान्त्रिक परिक्षण तथा सचेतनामुलक कार्यक्रम गरिएको छ । रत्ननगर बकुलहर चोकमा औपचारिक कार्यक्रम आयोजना गरि रत्ननगरको विभिन्न स्थानहरुमा सचेतनाका कार्यक्रम हरु संचालन भएका थिए ।

सवारी चालकहरु दक्ष भएतापनि समय समयमा सवारी परिक्षण नगरिनु पनि दुर्घटना हुन सक्ने कारण बन्ने भन्दै कार्यक्रम अन्तर्गत दक्ष मेकानिक द्वारा सार्वजनिक स्थानमा गुड्ने सवारी साधनहरुको परिक्षण गरिएको थियो । त्यस्तै सार्वजनिक यात्रुवाहक सवारी साधनहरुमा रहेका यात्रु तथा सवारी चालकहरुलाई प्रशिक्षण गराईएको थियो । त्यस्तै कार्यक्रम अन्तर्गत सवारी साधनका चालक तथा यात्रुहरुलाई विविध सचेतनामुलक पर्चा पम्प्लेट बाढिएको थियो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यवाहक प्रमुख सोहेन्द्र राज खरेल, इलाका प्रहरी कार्यालय प्रमुख रविनवावु रेग्मी, रत्ननगर १ का अध्यक्ष कुलप्रसाद सापकोटा, रत्ननगर ९ का अध्यक्ष अनन्त अधिकारी, इलाका ट्राफिक प्रमुख कृष्ण मल्ल ठकुरी लगाएतको उपस्थिति रहेको आयोजक रत्नप्रिय क्लबका अध्यक्ष बसन्त रानाले जानकारी दिए ।