मेयर कप फुटबल उपाधिका लागि आज रत्ननगर र माडी भिड्दै

December 17, 2022 8:26 am

रत्ननगर, पुष २ ।
चितवनको रत्ननगरमा आयोजना गरिएको पालिकाल स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ । दिउसो २ बजे नेपाल माविको खेलमैदानमा हुने प्रतियोगितामा उपाधिका लागि आयोजक रत्ननगर र माडी नगरपालिका बीच भिडन्त हुँदैछ ।

पहिलो सेमिफाइनल खेलमा कालिका नगरपालिकालाई पराजित गर्दै रत्ननगर नगरपालिकाले उपाधिका लागि भिडन्त पक्का गरेका थियो । दोस्रो सेमिफाइनल खेलमा जिल्लाको एक मात्र महानगर भरतपुरलाई पराजित गर्दै माडी नगरपालिका फाइनलमा प्रवेश गरेको थियो । फाइनलको यात्रा तय गर्न रत्ननगरले खैरहनी र कालिकालाई पराजित गरेको छ । माडीले भरतपुर सहित इच्छाकामना गाउँपालिकालाई समेत पराजित गरी फाइनलको यात्रा तय गरेको हो ।

रत्ननगर र माडीको खेल रोमाञ्चक मात्र होइन निकै प्रतिस्र्धा हुने अनुमान गरिएको छ । फाइनल खेल निकै प्रतिस्पर्धा हुने देखेको छु पूर्व राष्ट्रिय खेलाडी सुर्यमान श्रेष्ठले उपाधिका लागि दुबै टिमले ठुलो प्रयास गर्नुपर्ने छ । सात वटा टिमको सहभागिता रहेको सो प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख १ हजार १११ र दोस्रो हुने टिमलाई ५५ हजार ५५५ रुपैया पुरस्कार प्रदान गरिने रत्ननगर खेलकुद विकास समितिका सदस्य सौगात भूजेलले जानकारी दिए ।