इच्छाकामनाका चेपाङ समुदायलाई सुधारिएको चुलो

December 16, 2022 6:51 pm

रत्ननगर, पुष १ ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ कोलभन्ञ्याङका सीमान्तकृत चेपाङ समुदायलाई सुधारिएको चुलो वितरण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले सो ठाँउका ६५ परिवारलाई सुधारिएको चुल्हो वितरण गरेको हो । इम्प्याक्टका अध्यक्ष ध्रुव गिरी सहित संस्थाका कर्मचारीहरुले चेपाङ समुदायका घरघरमै पुगेर चुलो हस्तान्तरण गरेका छन् ।

चेपाङ समुदायका महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि आधुनीक चुलो प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष गिरीले जानकारी दिए । चेपाङ समुदाय संग एलपी ग्यास किन्न सक्ने क्षमता छैन् उनले भने दाउरा बाल्दा निस्कने धुवाले महिलाहरुको स्वास्थ्य खराब गरेको पाइएपछि धुवा नआउने सुधारिएको चुलो वितरण गरिएका हौं । इम्प्याक्टले सुधारिएको चुलोसंगै ४० जना बालवालिकालाई जाडोमा लगाउने न्यानो कपडा समेत वितरण गरेको छ । इम्प्याक्टले सो गाउँपालिका वडा नं १ मा चेपाङ समुदायको जीवन स्तर परिर्वतन गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिरहेको छ ।

अन्तरघर,अन्तर विद्यालय,अन्तर आमा समुह,अन्तर स्वास्थ्यकर्मी प्रतियोगिता गराएर सो संस्थाले परिर्वतनका लागि चेपाङ समुदायलाई नै अग्रसर गराउदै आएको छ । अन्तर घर प्रतियोगिता गराएर सो संस्थाले पारिवारिक वाताबरण सुधारसंगै आयआर्जनको लागि प्रेरित गरिएको अध्यक्ष गिरीले बताए ।