नेपाल माविलाई ९ बुँदे माग पुरा गर्न विद्यार्थी संगठनको अल्टीमेटम

December 16, 2022 5:14 pm

रत्ननगर, पुष १
रत्ननगरमा रहेको नेपाल नमुना माध्यमिक विद्यालयले विद्यार्थीको भविष्य माथि खेलवाड गरेको भन्दै विद्यार्थी संगठनले विद्यार्थीले राखेको माग पुरा गर्न अल्टीमेटम दिएको छ । अखिल क्रान्तिकारी र अनेरास्ववियुले शुक्रबार विज्ञप्ती जारी गर्दै विद्यालयमा भएको त्रुटी सच्याउन ४८ घण्टे अल्टीमेटम दिएको हो ।

अखिल क्रान्तिकारी रत्ननगर कमिटीका अध्यक्ष चोक बहादुर गुरुङ्ग र अनेरास्ववियुका केन्द्रिय सदस्य दिपक थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा ९ बुँदे माग राखीएको छ । विद्यार्थीहरुले विभिन्न माग राख्देै आएको तर विद्यालय प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन नगरी मागप्रति बेवास्ता गरेको भन्दै विद्यार्थीको माग पुरा गर्नुपर्ने अल्टीमेटम सहित विज्ञप्ती जारी गरेको हो ।

विद्यालयमा चरम राजनितिक चलखेल, बेथिति र विद्यालयलाई अनिर्णयको बन्दी बनाई विद्यार्थीको भविष्य माथि खेलवाड गरेको भन्दै गल्ती सच्याउन माग गरिएको छ । माग सम्बोधन नभएमा उत्पन्न हुन सक्ने क्षतीको जिम्मेवार विद्यालय संचालक समिती र सरोकारवाला निकाय हुने चेतावनी विज्ञप्तीमा दिइएको छ । संगठनले रत्ननगर नगरपालिकाका विज्ञ सल्लाहाकार रामहरी न्यौपाने र नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मालाई विज्ञप्ती सहित ध्यानाकर्षण समेत गराएको छ ।

यस्तो छ विज्ञप्ती