सुनको मूल्य घट्यो

December 13, 2022 2:06 pm

काठमाडौं। साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सय रूपैयाँले घटेर एक लाख रूपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुन प्रतितोलामा ९९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार ३९० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।