हरिहर मन्दिरमा महायज्ञ : रत्ननगर किराना व्यवसायीद्धारा ५१ हजार सहयोग 

December 10, 2022 6:33 pm

रत्ननगर । गायत्री हरिहर मन्दिरमा आयोजित महायज्ञमा रत्ननगर किराना तथा खाद्य व्यवसायी संघले ५१ हजार ५ रुपैया आर्थिक सहयोग गरेको छ । धन–धान्याचल ज्ञान महायज्ञ स्थलमा पुगेर संस्थाका अध्यक्ष शिवराज मैनाली, उपाध्यक्ष ओमप्रकाश शाह कलवार, सल्लाहकार संयोजक यमनाथ आचार्य, कोषाध्यक्ष कमल मेहेता तथा व्यवसायीहरु कृष्ण मुरारी सिंह ठकुरी, नवराज तिमल्सिना, गौरी शाह, प्रेम लाल शाह र पप्पु कुमार गुप्ताले मन्दिरका अध्यक्ष नेमराम शर्मा पौडेल तथा महायत्र मुल समारोह समितिकी संयोजक उमादेवी पौडेललाई सो रकम हस्तान्तरण गरेका थिए । गुरुकुलम सञ्चालन तथा धर्मशाला निर्माणको लागि महायज्ञ आयोजना गरिएको छ ।