सौराहा एफ सी फाईनल प्रवेस, रत्नाप्रिय बि पराजित

December 9, 2022 7:12 pm

चितवन, मंसिर २३ । रत्नप्रिय बि लाई पराजित गर्दै सौराहा एफ सी फाइनलमा प्रवेश गरेको छ । टिकौलीमा जारी प्रथम रत्न प्रिय कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको रोमाञ्चक खेलमा निर्धारित समय भित्र कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी शुट आउट्मा पुगेको थियो । सौराहाका गोल रक्षक इश्वर गुरुङले २ पेनाल्टि रोकेपछि सौराहाको फाइनल यात्रा सहजै तय बन्यो । रत्नप्रियले पेनाल्टीमा २ गोल मात्र गर्न सफल रह्यो भने सौराहाले ३ गोल गर्यो ।

याे हारसंगै आयोजक रत्न प्रिय क्लव ‘बि’ उपाधि होड बाट बाहिरिएको छ । उत्कृष्ठ गोल रक्षक इश्वर गुरुङ आजको म्यान अफ दी म्याच घोषित भए । रत्ननगर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आजका खेलका प्रमुख अतिथि राजाराम रेग्मीले म्यान अफ दी म्याच घोषित गुरुङलाई ट्रफी र मेडल प्रदान गरे ।

पर्सि (आईतबार) २५ गते आयोजक रत्न प्रिय क्लव ‘ए’ र सौराहा फुटबल क्लव बिच उपाधिको लागि फाईनल प्रतिष्पर्धा हुने क्लवका अध्यक्ष बसन्त राना मगरले जानकारी दिए । फाईनल खेलमा रत्ननगर नगरपालिका प्रमुख प्रलाद सापकोटा प्रमुख अतिथि रहने समेत रानाले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैँया, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैँया पुरस्कार साथै शिल्ड, कप, मेडल र प्रमाण पत्र पाउने छ ।