२८ बिगाहा फुटबल क्लव ४-० ले पराजित, रत्नप्रिय ए फाईनलमा

December 8, 2022 9:53 pm

चितवन, मंसिर २२ । २८ बिगाहा फुटबल क्लव कावासोतीलाई पराजित गर्दै आयोजक रत्न प्रिय क्लव ‘ए’ फाइनलमा प्रवेश गरेको छ । टिकौलीमा जारी प्रथम रत्न प्रिय कप नकआउट फुटबल प्रतियोगिता अन्र्तगत भएको खेलमा २८ बिगाहा फुटबल क्लव कावासोेतीलाई ४–० गोलले पराजित गर्दै आयोजक ‘ए’ फाईनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा आयोजकका तर्फबाट खेलको ६ औं र ८ औं मिनेटमा कृपा चौधरीले पहिलो गोल गर्दै आयोजकलाई १–१ गोल गर्दै २–० को सुरुआती अग्रता दिलाए । आयोजक ‘ए’ र २८ बिगाहा फुटबल क्लव कावासोतीबिच २–० गोलले पहिलाे हाफ सक्कियो ।

दोस्रो हाफमा १६ औं मिनेटमा आयोजक ‘ए’ तर्फबाट शिव बोटेले तेस्रो गोल गर्दै ३–० को अग्रता दिलाए । यस्तै आयोजक ‘ए’ का तर्फबाट कृपा चौधरीले पुन: ३९ औं मिनेटमा गोल गर्दै ४–० ले अग्रता दिलाए । २८ बिगाहा फुटबल क्लव कावासोतिबाट कुनै गोल नभएपछि आयोजक रत्न प्रिय क्लव ‘ए’ ४–० ले बिजयी भयो ।

याे जीतसंगै आयोजक रत्न प्रिय क्लव ‘ए’ जीतसंगै फाइनलमा प्रवेश गर्यो । हारसंगै कावासोति खेलबाट बाहिरीएको छ ।

बिहीवारको खेलमा आयोजक रत्न प्रिय क्लव ‘ए’ का तर्फबाट जर्सी नम्बर १० का खेलाडी कृपा चौधरी म्यान अफ दी म्याच घोषित भए ।
रत्ननगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामकुमार चौधरी र पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटाले म्यान अफ दी म्याच घोषित चौधरीलाई संयुक्त रुपमा ट्रफी र मेडल प्रदान गरे ।

भोली (शुक्रवार) रत्न प्रिय क्लव आयोजक ‘बी’ र सौराहा फुटबल क्लव बिच प्रतिशप्रर्धा हुने क्लवका अध्यक्ष बसन्त राना मगरले जानकारी दिए । प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैँया, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैँया पुरस्कार साथै शिल्ड, कप, मेडल र प्रमाण पत्र पाउने छ । प्रतियोगिताको फाईनल खेल मंसिर २५ गते हुनेछ ।