रत्ननगर अस्पतालमा डाक्टर, नर्स सहित १८ जना स्वास्थ्यकर्मी माग

December 7, 2022 5:46 pm

चितवन, २१ मंसिर । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले डाक्टर, नर्स सहित विभिन्न पदमा १८ जना स्वास्थ्यकर्मी माग गरेको छ । अस्पतालले आज एक सूचना प्रकाशित गरी करारमा स्वास्थ्यकर्मी तथा चिकित्सक माग गरेको हो ।

अस्पतालले पेडियाट्रिसियन एक जना, रेडियोलोजिष्ट एक जना, फिजिसियन एक जना, अब्सट्रेसियन तथा गाइनोकोलोजिष्ट एक जना, मेडिकल अधिकृत चार जना र स्टाफ नर्स १० जना माग गरेको छ ।

अस्पतालले पुस ६ गते कार्यालय समयभित्र दरखास्त दिन सकिने जनाईएको छ । प्रारम्भिक सूची प्रकाशित गरी अन्तरवार्ताबाट छनोट गरिने सूचनामा जनाईएको छ ।