भरतपुरलाई हराउंदै सौराहा सेमिफाइनलमा

December 6, 2022 6:13 pm

मंसिर २० गते । भरतपुर फुटबल क्लबलाई पराजित गर्दै सौराहा फुटबल क्लब टिकौलीमा जारी प्रथम रत्न प्रिय कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको क्वाटरफाईनल खेलमा ट्राई ब्रेकरमा सौराहाले भरतपुरलाई ५-४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । निर्धारित समयसम्म दुबै टिमबाट गोल हुन नसके पछि खेलको निर्णय पेनाल्टी मार्फत गरिएको थियो ।

खेलमा भरतपुर फुटबल क्लबका डिफेन्डर तेजेन्द्र चौधरी म्यान अफ दी म्याच घोषित भए ।

भोली (बुधबार ) इन्द्रेणी फुटबल क्लब रत्ननगर ४ र आयोजक रत्नप्रिय युवा क्लव बि बिच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष बसन्त राना मगरले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैँया, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैँया पुरस्कार साथै शिल्ड, कप, मेडल र प्रमाण पत्र पाउने छ । प्रतियोगिताको फाईनल खेल मंसिर २५ गते हुनेछ ।