रत्ननगरका महिला स्वास्थ्य स्वयंसेविका पुरस्कृत

December 5, 2022 7:32 pm

रत्ननगर । रत्ननगर नगरपालिकाले तीन जना अबकास प्राप्त सहित ११ जना महिला स्वास्थ्य स्वयंसेविकालाई पुरस्कृत गरेको छ । १९औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अबसरमा तीन जना अबकास प्राप्त र उत्कृष्ट ८ जना महिला स्वास्थ्य स्वयंसेविकालाई पुरस्कृत गरिएको मेयर प्रल्हाद सापकोटाले जानकारी दिए । उमेर हदको आधारमा अबकास प्राप्त गरेका ममता कट्टेल, विनिता पौडेल र विष्णुमाया भट्टराईलाई जनही एक लाखका दरले पुरस्कृत गरिएको हो । लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेर नागरिकको जीवन रक्षाको लागि भूमिका खेलेका तीन जनालाई उमेर हदका कारण अबकास दिइ पुरस्कृत गरिएको मेयर सापकोटाले बताए । उत्कृष्ट काम गर्ने भागीरथी क्षेत्री,अम्विका अर्याल,सीता रिजाल,भगवती थापा गौली,कृष्णकुमारी पौडेल,सरला ढकाल,तुलसीमाया श्रेष्ठ,सुमित्रा रिजाललाई पुरस्कृत गरिएको छ । उनीहरुलाई २ हजार ५०० पुरस्कार सहित सम्मानपत्रले पुरस्कृत गरिएको हो । नगरपालिकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर सापकोटा, उपमेयर यादव प्रसाद पाठकले उनीहरुलाई सम्मान तथा पुरस्कृत गरेका थिए । नगर स्तरीय महिला स्वास्थ्य स्वयंसेविका समन्वय समितिकी अध्यक्ष मीना गिरीको अध्यक्षतामा भएको कार्यक्रममा विज्ञ सल्लाहाकार रामहरि न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी सहित महिला स्वास्थ्य स्वयंमसेविकाहरुको सहभागिता रहेको थियो ।