रत्ननगर, १७ मंसिर । रत्ननगरको टिकौलीमा जारी प्रथम रत्नप्रिय कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज आईतबार भएको पहिलो क्वाटर फाईनल खेलमा २८ बिगाहा फुटबल क्लव बिजयी भएको छ । खैरहनी फुटबल क्लवलाई २ का विरुद्ध ४ गोल गर्दै २८ बिगाहाले जित निकालेको हो, जित संगै २८ बिगाहा सेमी फाईनलमा प्रवेस गरेको छ भने खैरहनी कप उपाधि होड बाट बाहिरिएको छ ।
सो प्रतियोगितामा २८ बिगाहाका खेलाडी प्रकास पुन मगर म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई चितवन जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माननीय हरी ढकालले शिल्ड र मेडल हस्तान्तरण गरेका थिए । सोहि कार्यक्रममा बोल्दै ढकालले पूर्वी चितवनको खेल क्षेत्रलाई विकास गरि खेलकुद मार्फत पर्यटन प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्न आफुले भूमिका खेल्ने बताएका छन् । भोलि दोश्रो क्वाटर फाईनलमा रत्नाप्रिय क्लव “ए” र कालिका ५ फुटबल क्लवको भिडन्त हुने आयोजक क्लवका अध्यक्ष बसन्त रानामगरले जानकारी दिए ।
“स्वास्थ्को लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ रत्ननगर–९ मा रहेको रत्नप्रिय क्लवको आयोजनामा यही मंसिर १२ गतेदेखि सुरु भएको प्रतियोगिता यही मंसिर २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैँया, द्धितिय हुने टिमले ५५ हजार ५ सय ५५ रुपैँया,म्यान अफ द म्याच लगाएतका खेलाडीलाई जनही ५ हजार रुपैया पुरस्कार साथै शिल्ड, कप, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।