रत्ननगर, १७ मंसिर । रत्ननगरको टिकौलीमा जारी प्रथम रत्नप्रिय कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार भएको खेलमा रत्नप्रिय बि फुटवल क्लवले जित निकालेको छ । पी एस जी सुण्डि फुटबल क्लबलाई पेनाल्टि शुट आउटमा ४ का विरुद्ध ३ गोलको अन्तरले पछिपार्दै रत्नप्रिय बि ले जित निकालेको हो । निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटको आधारमा नतिजा निकालिएको हो ।
सो प्रतियोगितामा रत्नाप्रिय बि फुटवल क्लवका खेलाडी अरुण लामा उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनलाई समाजसेवी तथा पुर्व खेलाडी दिपक कुमार राना र जिल्ला फुटबल सदस्य शम्भु सुनारले शिल्ड र मेडल हस्तान्तरण गरेका थिए । आजको खेल संगै पहिलो चरणका खेलहरु पुरा भएका छन् । भोलि देखि क्वाटर फाईनल खेल सुरु हुने आयोजक क्लवका अध्यक्ष बसन्त रानमगरले जानकारी दिए ।
भोलि २८ बिघाह फुटबल क्लव र खैरहनी फुटबल क्लवविच खेल हुने समेत उनले बताए ।